
राजपा नेता महताेले किर्ते हस्ताक्षर गरि खाए पिएकाे तलब, पिएले दिए राजिनामा
काठमाडौं, २० फागुन ।
गत फागुनदेखि असारसम्मको तलब राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा सांसद राजेन्द्र महतोले आफ्नो स्वकीय सचिवको तलब कीर्ते हस्ताक्षर गरी बुझेको उनका पीएले दाबी गरेका छन् ।

सांसद महतोले आफ्नो स्वकीय रवीन्द्र कुमार चौधरीले पाएको भन्दै आफैं हस्ताक्षर गरेर संसद सचिवालयमा बुझाएको चौधरीले बताएका छन् । यसरी सांसद महत्तोले आफ्नो नक्कली हस्ताक्षर गरेर तलब बुझेपछि स्वकीय सचिव चौधरीले राजीनामा दिएका छन् ।
चौधरीले आइतबार (आज) इमेल मार्फत राजीनामा बुझाएको जनाएका छन् । चौधरीका अनुसार गत फागुनमा स्वकीय भएपनि आफूले ‘सुको तलब नलिएको’ बताएका छन् । चौधरीले सांसद महतोसँग अन्य विषयमा पनि आफ्नो चित्त नबुझेको र तलब बुझेको भन्दै नक्कली हस्ताक्षर नै गरेपछि स्वकीय भएर काम गर्नुको अर्थ नभएको बताए । यसै कारण राजीनामा दिएको बताएका छन् ।
