संसदिय समितिका बैठकहरु स्थगित, राष्ट्रिय सभाको बैठक पनि रोकीयो

काठमाडौँ, १९ फागुन ।
आजका लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनका कारण स्थगित गरिएको सचिवालयले जनाएको छ । नेता अधिकारीको शनिबार राति उपचारका क्रममा निधन भएको हो ।

संसदीय सुनुवाइ, राज्य व्यवस्था तथा सुशासन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, महिला तथा सामाजिक, अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक लेखा समितिका बैठकहरू आजका लागि डाकिएको थियो ।
राष्ट्रियसभाको आजको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पुर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

सभाको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदानी विधेयक, २०७५ माथि सदनमा छलफल गरियोेस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची थियो ।

यसैगरी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७५ माथि छलफल गरी पारित गर्ने कार्यसूची थियो ।
राष्ट्रियसभाको आजको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।