
दार्चुला दुर्घटनामा प्रचण्डकाे समवेदना, दुर्घटना न्युनिकरण गर्न अपिल
काठमाडौं , १८ फागुन – नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलामा भएकाे सडक दुर्घटनामा परि ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै घाइतेको सिघ्र स्वास्थ्यलाभकाे कामना गरेका छन् ।

प्रचण्डले समवेदना वक्तव्यमा भनेका छन् –
दार्चुला जिल्लाको तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जिप दुर्घटनामा परी ११ जनाको मृत्युको खबरले अत्यन्त मर्माहत भएको छु । उक्त दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।
दुर्घटनामा परी निधन हुनुभएका परिवारजनलाई उचित क्षतिपूर्तिको माग गर्दै नेपालका पहाडी भू–भागहरुमा भइरहेका यसप्रकारका सडक दुर्घटना न्यूनिकरण गर्न सम्बन्धित सबैमा आग्रह गर्दछुु ।
सवारी क्षमताभन्दा बढी यात्रु बोक्ने र सडकको अवस्था बिचार नै नगरी यातायात सञ्चालनको अनुमति दिँदा यसप्रकारको दुर्घटना भई जनधनको क्षति भइरहेको प्रति गम्भीर ध्यानाकर्षण गराउँदछु । देशैभरीका सडकहरुको स्तरोन्नती गरी सुरक्षित सडकको रुपमा विकास गर्न सरकारसँग आग्रह गर्दछु ।
-१८ फागुन, २०७५
