
पाकिस्तानले जीवन बचाईदिएका भारतीय पाइलटले भने – भारतिय मिडियाले भ्रम छर्ने रहेछन्
काठमाडौं , १७ फागुन – पाकिस्तानले जीवन दान दिएका भारतीय लडाकु विमानका पाइलट अभिनन्दन वर्तमानले भारतिय मिडियाले भ्रम छर्ने गरेकाे बताएका छन् ।

सार्वजनिक भएकाे एक भिडियोमा उनले भारतीय मिडियाहरूले सानाे कुरालाई बढाईचढाई गर्ने गरेको बताएका हुन् ।
पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय फाईटर विमानका चालकलाई अभिनन्दन वर्तमानलाई भारत सरकारलाई बुझाइएको छ ।
अभिनन्दनले एक भिडियोमा भने, भारतीय सञ्चारमाध्यमले सानो कुराको पनि अनावश्यक व्याख्या गर्ने गरेको बताएका छन् । उनले भनेका छन्, ‘भारतीय संचारमाध्यम जहिले पनि सानो कुरालाई पनि बढाइचढाइ गर्छन् ।
सानो कुरालाई पनि आगो लगाएर प्रस्तुत गर्छन खुर्सानी लगाएर प्रस्तुत गर्छन् । जसको गर्दा स्थितीसामान्य भए र पनि तनावग्रस्त देखिन्छ । उनले सोही भिडियामा भनेका छन्, आफ्नो विमान ध्वस्त भएपछि प्यारासुटबाट पाकिस्तानी भूमिमा झरेको र आफूसँग हतियारका रूपमा एक पेस्तोल रहेको बताएका छन् । सोही पेस्तोल आफूलाई हातपात गर्न आएका स्थानीयलाई तर्साउन प्रयोग गरेको र आफू भागेको बताएका छन् ।
स्थानीयले आफूमाथि हातपात गर्न लाग्दा दुई पाकिस्तानी सेना आएको र उनीहरूले आफूलाई क्याम्पमा लिएको उनले बताएका छन् । पाकिस्तानी सेनालाई मलाई राम्रो व्यवहार गरेका थिए, उनले भने ।
बुधबार लाइन अफ कन्ट्रोल पार गरेर पाकिस्तानी हवाई क्षेत्रमा पुगेका अभिनन्दनलाई पाकिस्तानी वायु सेनाले विमान ध्वस्त पार्दै उनलाई कब्जामा लिएको थियो ।
