बाग्लुंङ सेवा समाज युएईको अध्यक्षमा पुनः पाण्डे

भुपराज बस्याल, यूएई /
बाग्लुंङ सेवा समाज युएईको अध्यक्षमा पुनः पिताम्बर पाण्डे  निर्वाचित भएका छन् । शुक्रबार बरदुबईको एभरेष्ट ईन्टरनेशनल होटलमा भएको बाग्लुङ सेवा समाज युएईको तेस्रो अधिवेशनले पुनः पाण्डेलाई नयाँ नेतृत्व चयन गरेको हो । निर्बाचन समितिका संयोजक गोपाल कंडेलले कार्यक्रममा सर्ब सम्मत चयन भएका पदाधिकारीको नाम घोषणा गरेका थिए ।

समाजको उपाध्यक्षमा दान बहादुर श्रीस, तारा मल्ल, बाबुराम गौचत चयन भएका छन् । यस्तै महासचिवमा खिमलाल पाण्डे, सचिवमा केदार लम्साल, कोषाध्यक्षमा कलाधर सापकोटा, सहकोषाध्यक्षमा लक्ष्मि पौडेल चयन भएका छन् । यस्तै सदस्यमा राजु केशी, बाबुराम सुबेदी मुस्कान र अर्जुन पौडेल चयन भएका छन् । कार्यक्रममा युएईका आबुधावी, शारजहा, अल ऐन, राश ऐल खेम लगायतका क्षेत्रीय कमिटिको पनि घोषणा गरिएको थियो ।कार्यक्रममा भलिबल प्रतियोगिता तथा सांस्कृति कार्यक्रममा योगदान दिएका समाजका सदस्य खेलाडी तथा कलाकारलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एबम समाजका संस्थापक तथा सल्लाहकार चित्र बहादुर केशीले नयाँ कार्यसमितिका पदाधिकारीलाई बधाई दिदै बाग्लुंगबासीलाई एकीकृत गर्ने, उनीहरुलाई परेका समस्या समाधानका लागि पहल गर्ने बाहेक सामुहिक रुपमा जिल्लामा लगानीका कार्यक्रम गर्ने तर्फ पनि ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष सिपी सापकोटा,नेपाली समाजका पुर्ब अध्यक्ष कृष्ण बहादुर ढकाल, बर्तमान महासचिव मणि भुर्तेल, नेपाली बिजनेश काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र थापा, नेपाल पत्रकार महासंघ युएईका केन्द्रिय प्रतिनिधि भुपराज बस्याल, नेपाली जनप्रगतिशिल मन्च युएईका संयोजक हेमन्त पौडेल, अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष राजु खड्का, रुपन्देही सेवा समाजका अध्यक्ष हरि चापागाई, कास्कि आदर्श समाजका अध्यक्ष मनोज कुमार सैजु लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

लक्ष्मी पौडेलको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रमको सभापतित्व प्रथम चरणमा पिताम्बर पाण्डे ले गर्नु भएको थियो भने दोश्रो चरणमा निर्बाचन समितिका संयोजक गोपाल कंडेलले गरेका थिए । कार्यक्रममा दान बहादुर श्रीसले आर्थिक प्रतिबेदन र यम पुन ले सांगाठानिक प्रतिबेदन प्रस्तुत गरेका थिए।