दक्षिण कोरियामा सुतेकै अवस्थामा एक नेपाली मृत फेला

काठमाडौं,३१ वैशाख ।
पाँचथर जिल्ला फिदिम नगरपालिका-३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन्। मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई छन्। सिउलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई बिहीबार राति सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको त्यहाँबाट कुसुम वास्कोटाले जानकारी दिए।
उनका अनुसार राति १२ बजेसम्म फोनमा गफ गरी सुते पनि बिहान उठ्दा भने सुतेको ठाउँमा उनको मृत्यु भएको सँगै सुतेका साथी प्रकाश खनालले बताए। उनका अनुसार सोमबार रुखाखोकीको लक्षण उनमा देखिएको थियो। घटनाबारे नेपाली दूतावासका श्रम सहचारीलाई जानकारी गराएको उनले बताए। अविवाहित राई एक वर्षअघि कोरिया गएका थिए। रासस