जापानको टोकियोमा गजल मधुशाला

काठमाडौैंं,२९ वैैशाख ।

dco

जापानको टोकियोमा गजल मधुशाला २०१६ आयोजना हुने भएको छ। जापानमै पहिलो पटक आधुनिक तथा गजलका पारखीका लागि युवा व्यवसायी एवं गीतकार लवकुमार बुढाथोकीको आयोजनामा गजल मधुशाला हुन लागेको हो।

 भारतीय चर्चित आधुनिक गायिका सञ्जिवनी र चर्चित गजल गायक राज सिग्देलले टोकियोको मेगूरो कूमिन सेन्टरमा आगामी मे १५ तारिख आईतवार चर्चित र सुमधुर गीत गजल प्रस्तुत गर्ने भएका हुन्।
सञ्जिवनीका ‘पुरानो हुदैन माया’, ‘जिवनसाथी तिमीलाईँ, ‘डाँडा काँडा छहाराले’, ‘पानी मिठो’, ‘आँखामा आउने तस्बिर तिम्रो’ लगायतका गीत चर्चित छन् भने ‘उ जितेर गई या हारेर गई’, ‘यो माया हराएको शहर’, ‘च्वास्स बिझ्ने तिम्रो माया’, ‘म त यसै बदनाम बदनाम’ लगायतका गीतहरु राजका चर्चित छन्।बाद्ययबादनसहित लाइभ प्रस्तुती हुने कार्यक्रममा सञ्जिवनी र राजसँगै भारतीय चर्चित संगीतकार चिराग पञ्चालको पनि आकर्षक प्रस्तुति रहनेछ। कार्यक्रम प्रवेशमा विद्यार्थीहरुलाई सहुलियत स्वरुप ३००० येन शुल्क तोकिएको आयोजकले बताए। विभिन्न खालका सांस्कृतिक कार्यक्रमहरू हप्तै पिच्छे आयोजना भैरहने जापानमा गजल साँझ पहिलो पल्ट आयोजना हुन लागेको आयोजकले दाबी गरेका छन्।