डेढ किलो सुनसहित एक जना पक्राउ
काठमाडौैं,२२ वैशाख ।
हेटौडा-१७ रातोमाटेमा अबैध रुपमा निकासी गरी ल्याइएको डेढ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
बुधबारको सुनको मूल्यअनुसार ७४ लाख २० हजार पाँच सय रुपैयाँ बराबरको सुन प्रहरीले बरामद गरेको हो । नियमित चेकिङ गर्ने क्रममा प्रहरीले डेढ किलोको सुनको पातासहित रौतहट जिल्ला गौर नगरपालिका-१३ बस्ने ३० वर्षका अर्जुन सिहलाई पक्राउ गरेको हो । सिहले आफ्नै घरगाउँमा बिहेका लागि सुन खरिद गरेर ल्याएको दाबी गरेका छन् । प्रहरीले भने नियमित रुपमा सुनको अबैध कारोबार गर्ने गरेको आरोप लगाएको छ ।
काठमाडौंबाट रौतहट तर्फ जाँदै गरेको बा ३ ख ४६४६ नम्बरको बसलाई चेक गर्दा उनको साथबाट डेढ किलो सुन फेला पारीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका सिंहलाई थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाई छ ।
