हुम्लामा रुघाखोकी,४ को मृृत्यु ।
हुम्ला, १२ वैशाख ।
सदरमुकामदेखि उत्तरी भेग पर्ने स्याडा गाविसमा औषधि प्राप्त नभएर रुघा, खोकी, ज्वरो र कपाल दुख्ने रोगबाट शनिबार चार जनाको मृत्यु भएको छ ।
स्थानीय बासिन्दा कलपुन बुढाले मृत्यु हुनेमा लालमती बुढा, भोटी रोकाया, भद्रवीर बुढा र ढोली बुढा रहेको जानकारी दिनुभयो ।
यसैगरी यहाँ गर्मीले करिब सय जना बिरामी भएको स्थानीय बासिन्दाले लोकेन्द्र रोकायाले बताउनुभयो । यस्तै जुमा, झोपा र घोडा गरी आठ जनावर मरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा भने कर्मचारी देखिएनन् । रासस
