नशालु पदार्थ सुँघाई राजधानीबाटै ३६ लाख लुटियो

काठमाडौं, ७ बैसाख
nepal_police1राजधानीबाट दिनदाहाडै ३६ लाख लुटीएको छ । भोटेवहालस्थित बाटोमा हिँडिरहेको अवस्थामा काठमाडौं कीर्तिपुर–५ बस्ने अर्घाखाँची केरुङ(१ का ३९ वर्षीय शोभाकर पोखरेललाई अपरिचित व्यक्तिहरुले नशालु पदार्थ सुघाई लुटिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । कक्षका अनुसार पोखरेलले बैंकबाट निकालेर ल्याएको ३६ लाख रुपैयाँ नगद र पानासोनिक मोवाइल १ थान सोमबार लुटी लुटेराहरु फरार भएका छन् ।
सिटिसि मल सुन्धारामा इलेक्ट्रोनिक पसल गर्ने शोभाकर होसमा आउँदा बल्खुस्थित कुमारी क्लबको झाडीमा रहेका थिए । प्रहरीले उनको वीर अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ ।
लुटपाट गर्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।