भोजपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाइते
काठमाडौं,५ बैशाख ।
भोजपुरको जरायोटार भोर्लाबोटमा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । भोजपुर सदरमुकामबाट धरानको लागि छुटेको ना ४ ख ४५७८ नम्बरको यात्रुबाहक बस बिहान ९ बजेर १५ मिनेट जाँदा दुर्घटना भएको हो ।
घाइते मध्ये २१ जनालाई उपचारको लागि विपी मेमोरियल हस्पिटल धरान लगिएको भोजपुर प्रहरीले बताएको छ । अन्यलाई सामान्य उपचार पछि आ–आफ्नो घर पठाएको प्रहरीले जनाएको छ । ४६ जना सवार बस दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले दुर्घटना लगत्तै चालकलाई पक्रेको छ ।
