मलेशीयाबाट ५ सय १ जना नेपाली कामदार जेल सजाय भोगेर नेपाल फर्के
मलेसिया, वैशाख ३
मलेसियाबाट ५ सय १ जना नेपाली कामदार अवैधानिक रुपमा काम गरेको अभियोगमा जेल सजाय भोगेर नेपाल फर्केका छन् । सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा उनीहरु नेपाल फर्कन सम्भव भएको हो ।
मलेसियामा अवैधानिक रुपमा काम गरेको अभियोगमा जेल सजाय काटेर १४ जना नेपाली कामदार शुक्रबार नेपाल फर्किएका छन् । वैदेशिक रोजगार प्रवर्धन बोर्डले हवाई टिकटको खर्च बेहोरेपछि मलेसियास्थित नेपाली दूतावासको पहलमा उनीहरुलाई नेपाल फर्काइएको हो ।
मलेसियाको सेम्बिलानमा रहेको इमिग्रेसन डिपोबाट दूतावासले १० दिनअघि उनीहरुलाई उद्दार गरेको थियो । घरफिर्ती केन्द्रमा रहेका अरुलाई पनि क्रमशः नेपाल पठाइने दूतावासले जनाएको छ ।