पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट १ को मृत्यु

नवलपरासी, २९चैत।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोट—१० भेडाबारीमा आइतबार राति ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पश्चिमबाट पूर्वका लागि छुटेको लु १ ख ८५३८ नम्बरको ट्रकले ठक्करबाट गैंडाकोट—१० भेडाबारीका ७६ वर्षका धनसिंह परियारको ज्यान गएको हो । ठक्कर दिने ट्रकलाई इलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा छ ।