कतारमा नेपाली युवाको ज्यान गयो

म्याग्दी, २८ चैत।

कतारमा वैदेशिक रोजगारीका लागि गएका म्याग्दीका एक नेपाली युवाको ज्यान गएको छ ।

म्याग्दीको बेनी नगरपालिका–१३ सोताका दिलबहादुर घर्तीको ज्यान गएको हो । उनको ज्यान जानुको कारण भने खुलेको छैन ।

घर्तीको मृत्युपछि कम्पनीले नेपाली दूतावासलाई खबर गरेपछि दूतावासले एनआरएनमा खबर गरेको थियो । यसबारे थप अनुसन्धान चलिरहेको छ ।