यूएईको राजदूत धनञ्जय झा जनसम्पर्क समितिद्धारा बिदाई

काठमाडौं, २७ चैत

dhananjaya-jha-good-bye

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेका यूएईका लागि नेपाली राजदूत धनञ्जय झालाई नेपाली जनसम्पर्क समिति यूएईले बिदाई गरेको छ ।

गत अपि्रल ७ का दिन अबुधाकीको सिटी प्यालेस रेस्टुरेन्टमा आयोजित बिदाई कार्यक्रममा राजदूत झाले आफ्नो कार्यकालमा सबैले सहयोग गरेकोमा कृतज्ञता प्रकट गरेका थिए । समितिका अध्यक्ष चित्र केसीको सभापतित्वमा आयोजित बिदाई कार्यक्रममा राजदूत झाले नेपालकै सबैभन्दा पुरानो पार्टीको भातृसंगठनले यूएईका नेपालीहरुको सामाजिक विकासका लागि उल्लेखनीय काम गरेकोमा धन्यवाद प्रकट गरेका थिए ।

राजदूत झाले बिदाई मन्तव्यको क्रममा यूएईमा कुनै पनि सामाजिक तथा संस्थागत गतिविधि गर्दा यहाँको कानुन, धर्म तथा परम्परालाई अक्षरशः पालना गर्दैै अगाडि बढ्न सबै नेपालीहरुलाई सुझाव दिए । कार्यक्रमका सभापति केसीले राजदूत झाको कार्यकाल अत्यन्त सफल भएको भन्दै यस अवधिमा राजदूत झाले हरेक नेपालीहरुका सुखदुःखमा हरसम्भव सहयोग गरेकोमा प्रशंसा गरेका थिए । केसीले झाजस्तै समझदार तथा कूटनीतिज्ञलाई नेपाल सरकारले राजदूतका रुपमा पठाउनु पर्नेमा जोड दिए । समितिका महामन्त्री विमल तामाङले सञ्चालन गरेको कार्यक्रममा यूएईमा क्रियाशील संघसंस्थाका उल्लेख्य प्रतिनिधिहरुले राजदूत झालाई बिदाई गरेका थिए । राजदूत झा आगामी १५ अपि्रलमा सपरिवार स्वदेश र्फकदै छन् ।

नेपाल सरकारले यूएईका लागि नयाँ राजदूत नियुक्त गरी नसकेेका कारण नियोगका उपप्रमुख नेत्रबहादुर टन्डनले कार्यवाहक राजदूतका रुपमा कार्यभार सम्हाल्ने दूताबास स्रोतले जानकारी दिएको छ । राजदूतको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा हुने भएका कारण नेकपा एमाले, एमाओवादी, नेपाली काँग्रेस, फोरम, कमल थापाको राप्रपा पार्टी लगायतका यूएईस्थित भातृसंगठनले आआफ्नै पार्टीका ‘मान्छे’ राजदूतका रुपमा पठाइदिन नेपालसम्म लबिङ गरिरहेका छन् ।