
महिलाको नेतृत्वमा धर्मशीला निर्वाचीत
काठमाडौं, २६ चैत ।
एकीकृत नेकपा माओवादी निकट महिला संगठनको अध्यक्षमा धर्मशीला चापागाई निर्वाचित भएकी छीन । अखील नेपाल महिला संघ क्रान्तिकारीको छैठौं राष्ट्रिय सम्मेलनवाट चापागाई सर्वसम्मत निर्वाचीत भएकी हुन् । झापा निवासी चापागाई एमाओवादीकी केन्द्रीय सदस्य र पुर्व सभासदसमेत हुन् ।
चैत २४ गते राजधानीमा शुरु भएको राष्टिय सम्मेलनको आज सम्पन्न् बन्द शत्रमा उनी निर्वाचीत भएकी हुन् ।
