अध्यक्ष पदमा केसीका प्रतिस्पर्धी विजयकान्त मैनाली एकसय बढी मतले पछि परेका निर्वाचन समितिले जनाएको छ। मत परिणामको अाधिकारिक घोषणा हुन बाँकी छ।

बार निर्बाचन परिणाम – अध्यक्ष ,महासचिव सहीत १९ पदमा लोकतान्त्रिक प्यानल बिजयी
काठमाडौं , २६ चैत ।
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा शेरबहादुर केसी विजयी भएका छन्। अध्यक्षसहित लोकतान्त्रिक समूहले १९ पदमा विजय प्राप्त गरेको छ। ६ पदमा भने प्रगतिशील समूहका उम्मेदवार विजयी भएका छन्।
६ जना उपाध्यक्ष मध्ये ४ जना केसी समूहकै विजयी भएका छन्। महासचिव र कोषाध्यक्षमा पनि केसी समूहकै उम्मेदवार वियज भएका छन्।
