कांग्रेस संसदीय दलको कार्यसमितिमा देउवा पक्ष हावि , २२ मा १८ देउवापक्ष, पौडेलका ४ मात्र

काठमाडौं , २६ चैत ।

नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिमा देउवा पक्ष नै हावि देखीएको छ । २२ मध्यै देउवा पक्षका १८ जना बिजयी भएका छन् । शुक्रबार बिहान ९ देखी १२ बजेसम्म भएको बिद्युतीय मतदानपछि मतगणना हुँदा देउवापक्षका १८ जना बिजयी भएको हुन् ।

७ वटा प्रदेशमा १,४ र ७ मा बाहेक अरु ४ प्रदेशमा देउवा पक्षधर उम्मेद्वार बिजयी भएका हुन् ।निर्वाचन मत परिणाम अनुसार प्रदेश नम्बर १, ४ र ७ मा पौडेल पक्षका सदस्य विजयी भएका छन्।

सभापति शेरवहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षवीच सहमतिको प्रयास असफल भएपछि शुक्रवार कार्य समितिका सदस्य चयनका लागि निर्वाचन भएको थियो।

शुक्रबार बिहान ९ बजेदेखि दलको कार्यालय सिंहदरबारमा मतदान भएको थियो।कार्यसमिति सदस्यका लागि ७ प्रदेश र १५ समानुपातिक समावेशी प्रतिनिधित्वको आधारमा चयन हुने सदस्यसहित २२ पदका लागि ४० जनाको उम्मेदवारी परेको थियो।

तर २२ मध्ये पिछडिएको क्षेत्रबाट राजिवविक्रम शाहको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचत भएका थिए।

नयाँ संविधान अनुसार सात प्रदेशबाट एक एक जना, आदिवासी जनजाति तर्फ पुरुष र महिला २–२, मधेसीतर्फ महिला दुई र पुरुष १, खसआर्य तर्फ पुरुष १ र महिला २, दलिततर्फ एक महिला र एक पुरुष, थारु र मुस्लिमतर्फ एक–एक सदस्यका लागि प्रतिस्पर्धा भएको हो।

संशोधित विधान अनुसार, कांग्रेस संसदीय दलको कार्यसमितिमा दलको नेताले उपनेता, प्रमुख सचेतक र थप ९ सदस्य मनोनित गर्ने व्यवस्था छ।