अष्ट्रेलियाको सिड्नीमा नेपाली बालकको कारको ठक्करबाट मृत्यु

काठमाडौं, २५ चैत ।

resize_image

अष्ट्रेलियाको सिड्नीमा आज एक नेपाली बालकको कारको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुने बालक मात्र १ बर्ष ४ महिनाका थिए ।

विहिबार विहान करिब १० बजे सिड्नीको अबनस्थित मारियन रोडमा पी प्लेट ‘भर्खरै गाडी चलाउने अनुमती पाएका’ चालकले चलाएको कारको ठक्करबाट बालक श्रेयन थापाको मृत्यु भएको हो । बालक श्रेयन आफ्नी हजुरआमासँग हिडिरहेका बेला सिकारुले चलाएको कारले ठक्कर दिएको थियो ।

कारले ठक्कर दिएपछि वेष्टमिड अस्पताल लगिएको उनलाई चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए । प्रहरीले उनको मृत्युको छानबिन गरिरहेको बताएको छ ।

केही बर्षअघि बिद्यार्थीका रुपमा अष्ट्रेलिया आएका मृतकका बुबा सुजन र आमा रोजीता अहिले गम्भिर शोकमा परेका छन् । अष्ट्रेलियाका स्थायी बासिन्दाको अनुमती लिने प्रक्रियामा रहेका उनीहरुलाई आएको यो दुखद घडीमा सहयोग गर्नका लागि यहाँको प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाले आफुहरु तयार रहेको बताएको छ ।