अधिकारको होइन, आर्थिक क्रान्तिको लडाईं गरौं‐ उद्योगमन्त्री

mantri somविमला अधिकारी
लमजुङ्ग, २४ चैत्र /

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले संसारकै उत्कृट संविधान नेपालले पाएसँगै अब अधिकारको लडार्इं सकिएको बताएका छन् । देशलाई आवश्यक लडाईं भनेको केवल मुलुकको आर्थिक र औद्योगिक क्रान्तिको  भएको मन्त्री पाण्डेको थियो ।
बुधबार प्रथम बेशीसहर महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले भने“ अब मुलुक आर्थिक समृद्धि तर्फ अघि बढेको छ । हामीले धेरै अधिकारका लागि लड्यौ, अव देशको क्रान्तिका लागि लड्नुपर्छ ।”
मन्त्री पाण्डेले विश्वका हरेक मुलुक औद्योगिकरणबाट समृद्ध बनेको उल्लेख गर्दै नेपालको आर्थिक समृद्धिका लागि पनि औद्योगिकिरण हुनु जरुरी रहेको बताए । ‘औद्योगिकरण विना संसारका कुनै पनि मुलुक समृद्ध नभएको उल्लेख गर्दे उनले संविधानले निदृष्ट गरेको ७ बटै प्रदेशमा कमतीमा पनि एकएक हजार विगाहाका औद्योगिक क्षेत्र स्थापना गर्ने सोच बनाएक जानकारी दिए ।

मन्त्री पाण्डेले नेपालको मध्य केन्द्रविन्दुमा अवस्थित लमजुङ जिल्ला कृषि, पर्यटन र जलविद्युत्का हिसाबले प्रचुर संभावना बोकेको जिल्ला भएको भन्दै यी क्षेत्रको विकासका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

mantri udhogसदरमुकाम बेसीशहरमा आजबाट सुरु भएको प्रथम बेशीसहर महोत्सव बैशाख २ गतेसम्म चल्नेछ । जिल्लाको एतिहासिक, धार्मिक, पर्यटकिय, आर्थिक तथा साँस्कृतिक संरक्षण तथा संबद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव स्थलमा १ सय ६५ वटा स्टल राखिएको छ । महोत्सव अवधिभर ५ करोड रुपैँया बराबरको कारोबार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
महोत्सवमा बिक्री भएको टिकटबाट प्रति टिकट ४ रुपैँया सामाजिक विकासका लागि लगानी गर्ने भएको छ । बेसीशहर नगरक्षेत्रमा पर्यटकीय संरचना निर्माणका लागि प्रति टिकट १ रुपैँया, जिल्ला दैवी प्रकोप उद्धार समितिको कोषको लागि १ रुपैँया, बेसीशहर सहजी खेलमैदानको स्तरोन्नति तथा विस्तारका लागि १ रुपैँया, तार्कुघाटमा रहेको जेष्ठ नागरिक आश्रमका लागि प्रति टिकट ५० पैसा र बेसीशहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रमा आश्रित बालबालिकाका लागि ५० पैसा विनियोजन गरिने भएको छ ।