कलाकारको नाममा भिजीट भिसामा युवतिहरु युएइ पुर्याए दलालले, दुतावासमार्फत अनुुसन्धान हुँदै

युएइ, २१ चैत ।

  •  कलाकारको नाममा भिजीट भिसामा युएइ पुर्याए
  • काम लगाइदिने प्रलोभन देखाएर प्रत्येकसँग ३ लाखको दरले ठगे दलालले

uae artsठगीको पनि विभिन्न तरीकाहरु सतहमा आउन थालेका छन् । नेपालमा वेरोजगारीको फाइदा उठाउँदै दलाल र तस्करहरुले नेपालबाट युवा युवतिलाई विदेशमा लैजाने गरेको कुरा अव सामान्य रहेन । यसै सन्दर्भमा नेपालबाट कलाकारको नाममा भिजिट भिसा बनाएर कार्यक्रम प्रस्तुत गर्ने नाममा युवतिहरुलाई दुबई पुर्याएर ठगेका छन । युएइमा रहेको प्रवासी नेपाली मञ्चका उपाध्यक्ष महेश गिरीले यस खालको ठगीको प्रपञ्च रचेका हुन् ।
गिरीले नेपालबाट युएईमा साँस्कृतिक कार्यक्रमका नाममा मुख्य चारजना कलाकारसँगै अन्य ६ जना नेपालीका लागि पनि भिसा निकालेका हुन् ।  गत फ्रेब्रुवरी महिनामा सम्पन्न भ्यालेन्टाइन नाइट्सु भन्ने कार्यक्रम का लागि लगिएको हो । त्यसमध्ये ५ जना युवतीलाई दुतावासले भिसाका लागि सिफारिस गरेको पत्रमा गायिका तथा डान्सरर भनिएको थियो । तर उनीहरु वास्तविक डान्सर नभएर भिसामा मात्रै डान्सर बनायएका रहेछन् ।

अनुमती प्राप्त गर्नको लागि आयोजकले युवतीहरुको फोटो समेत भएको नक्कली पोस्टर प्रयोग गरेको भेटिएको छ । यसले सो कार्य सुनियोजित रुपमा गरिएको देखिन्छ । यसमा दुतावासको संलग्नता के थियो भन्ने थप अनुसन्धानको विषय बनेको छ ।

भिसा लगाइएका एकजना बाहेक अन्यसँग गिरीले प्रतिव्यक्ति ३ लाख लिएका थिए । त्यसरी आएकाहरु हाल युएईमा रोजगारीको खोजिमा भौतारिदै हिंडिरहेका छन् । तीनजनाले आफन्तको सहयोगमा काम पाएका भएपनि दुई जनाले भने अझै काम पाउन सकेका छैनन। उनीहरुको भिसाको म्याद सकिएपछि फेरी म्याद थप गर्नको लागि दुतावासमा प्रक्रिया अगाडि वढाइएको छ ।
ती युवतिहरुले दुबईमा रहेका नेपालीहरुसँग सहयोगका लागि आग्रह गरेपछि मात्रै यसकुराको खुलासा भएको हो । उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित नायिका प्रियंका कार्कीसँगै गायक प्रमोद खरेल र हास्य ब्यङय कलाकार जितु नेपाल ुमुन्द्रेु पनि दुबई आएका थिए । वास्तविक कलाकारहरु फर्किसके तर अवास्तविक कलाकारहरुको भने दुबईमा नेपालीहरुले नै विजोग देख्नुपरेको छ ।
कलाकार ल्याउनको लागि प्रवासी नेपाली मञ्चका उपाध्यक्ष महेश गीरीले सिफारिस गरेबापत २ लाख लिएको भन्ने कुरा कार्यक्रम आयोजकले बताएका हुन् ।
यस विषयमा दुतावासमार्फत नेपालममा पनि अनुुसन्धान अगाडि वढाइएको छ । त्यसैगरी युएइमा रहेको एमालेको संगठनले पनि यस विषयमा छानवीन गर्न एक कमिटि बनाएको छ । भने यस विषयमा आरोपीत महेश गिरीले विभिन्न मिडियामा आएका समाचारको खण्डन पनि गरिरहेका छन् ।