कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काभ्रे, २१ चैत

   पनौती नगरपालिका–१३ पस्थली बस्ने रामशरण थापालाई आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको छ ।
थापाले आफ्नी २७ वर्षीया श्रीमती सम्झना थापालाई झैँझगडा हुँदा घाँटी र टाउकोमा बन्चरो प्रहार गरेकोले घटनास्थलमै मृत्यु भएको थियो ।     यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहकेको छ ।

छान्नुहोस् र सुन्नुहोस्