सुर्खेतमा लागुऔषध सहीत २ पक्राउ
सुर्खेत, १९ चैत ।
सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ बस्ने ना.४ प ६५४० नम्बरको मोटरसाइकलमा सवार १९ वर्षीय शिव बस्नेत र सोही ठाउँ बस्ने निरोजन बस्नेतलाई ५० पुरिया ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विरेन्द्रनगर नगरपालिका–१३ मा चेकजाँच गर्ने क्रममा बस्नेतको साथबाट १ पुरिया र मोटरसाइकलको ट्याङ्की मुनी ४९ पुरीया लागूऔषध लुकाईछिपाई ल्याइरहेको अवस्थामा फेला पारी मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
