अमेरिकामा दुर्घटनामा निधन भएका श्रेष्ठको शव नेपाल ल्याइयो

काठमाडौं, १७ चैत
अमेरिकामा भएको सडक दुर्घटनामा निधन भएका रुसलदास श्रेष्ठको शव काठमाडौं ल्याइएको छ। उनको शव आइतबार नेपाल ल्याइएको थियो। अध्यानको सिलसिलामा ९ महिना अघि अमेरिका पुगेका श्रेष्ठको गत शनिबार ट्याक्ससमा कार दुर्घटनामा निधन भएको थियो।
काठमाडौं पकनाजोल निवासी १९ बर्षे श्रेष्ठको शव नेपाली समाज ट्याक्सस र ट्याक्ससमा अध्यानरत नेपाली विद्यार्थीको सहयोगमा नेपाल ल्याइएको उनका मामा राकेस श्रेष्ठले जानकारी दिए। उनले ट्याक्ससमा कम्प्युटर इन्जिनियरिङ अध्यान गरिरहेका थिए।

केहि महिना अघि मात्र कार किनेका उनले साथीलाई अफिस पुर्यानउन जाँदा दुर्घटना भएको थियो। घटनामा एक जना घाइते समेत भएका थिए।