सेमीफाइनलका लागी अष्ट्रेलिया र भारत भिड्दैै

काठमाडौं , १४ चैत ।

download (1)

वल्र्ड ट्वान्टी ट्वान्टी क्रिकेटमा सेमिफाइनल प्रवेशका लागि आज आयोजक इन्डिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ । यी दुई टोलीबीचको विजेता अन्तिम चारमा प्रबेश गर्नेछ । सेमिफाइनल पुग्ने बाँकी तीन टोलीको भने टुङ्गो लागिसकेको छ । खेल बेलुका पौने ८ बजे मोहालीमा सुरु हुनेछ । दुबै टोलीले अहिलेसम्म तीन खेलमध्ये २–२ मा जित हात पारेका छन् । यी टोली समावेश समूह २ बाट न्युजिल्याण्ड सबै ४ खेल जितेर सेमीफाइनल पुगिसकेको छ । आजै अपरान्ह सवा ३ बजे वेस्ट इन्डिज र अफगानिस्तानबीच प्रतिस्पर्धा हुदैछ । वेस्ट इन्डिज सेमिफाइनल पुगीसकेको छ भने अफगानिस्तान बाहिरिइसकेको छ ।

यसअघि गएराती श्रीलंकालाई हराउदै इङल्याण्ड सेमिफाइनलमा प्रबेश गरेको छ । १० रनको जितसंगै इङल्याण्ड समग्रमा ६ अंक जोडदै अन्तिम चारमा पुगेको हो । १ सय ७२ रनको लक्ष्य पछयाएको श्रीलंकाले पुरै ओभर खेलेर १ सय ६१ रन मात्र बनाउन सक्यो । कप्तान एन्जेलो म्याथुजले नटआउट ७३ रनको योगदान गरेपनि टिमलाइ जित दिलाउन सकेनन । जारी प्रतियोगितामा सेमिफाइनल पुगेका तीनवटै टोली गैर एसियाली हुन ।  प्रतियोगितामा दक्षिण एसियाबाटै ५ टिम सहभागी भएपनि इन्डिया बाहेक अन्यको चुनौति समाप्त भएको छ ।