एमालेकाे राष्ट्रिय कार्यकर्ता भेला आजदेखी शुरू
नेपाल कम्युनिस्ट पार्टी एमालेकाे राष्ट्रिय कार्यकर्ता भेला आजबाट शुरू हुँदैछ ।
एमालेले स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयाेजना गरेकाे बताइएको छ । राष्ट्रिय कार्यकर्ता भेला आजदेखि कार्की पार्टी प्यालेस बबरमहलमा सुरु हुँदैछ ।
भेलामा भाग लिन केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसङ्गठन, केन्द्रीय निकाय, सङ्घीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ आइसकेका पार्टीका उपमहासचिव लेखराज भट्टले बताए ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल, शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।





