कांग्रेस महाधिवेशन : निर्वाचन स्थगित, शुक्रबार बिहान मात्रै हुने सम्भावना
नेपाली कांग्रेसको नेतृत्वको चयनकाे लागि हुने भनिएको निर्वाचन स्थगित भएको छ । १५औं महाधिवेशन अन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने पक्का भएको हाे । बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान हुन सकेन। केन्द्रीय निर्वाचन समितिले पनि अर्को समय सार्वजनिक गरेन।
आज मतदान सुरु हुन नसकेपछि भोलि बिहानका लागि भोलि नयाँ समय तय गरिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठल अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।





