विभिन्न जिल्लाका सिडिओसहित ४४ उपसचिवको सरुवा
विभिन्न जिलाका सिडिओसहित ४४ उपसचिवको सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार गरेको सरुवामा विभिन्न कार्यालयमा प्रमुख फेरिएका छन्।
डोटीमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत कल्पना घिमिरे नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ। त्यस्तै, बाजुराका सिडिओ डोलेन्द्र निरौलाको जिल्ला समन्वय समिति धनकुटामा सरुवा भएको छ। नक्खु कारागारका जेलर दीर्घराज उपाध्यायलाई जिल्ला समन्वय समितिको कार्यालय कैलालीमा जिम्मेवारी दिइएको छ।
उपसचिवहरू गंगाधर पौडेल, हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी रावल, विष्णुराज बेल्वासे, सूर्यप्रसाद चापागाईंको गृह मन्त्रालयमा सरुवा भएको छ।



