फेरि कुलिङ पिरियडकाे चर्चा : संसदमा दर्ता भयाे निजामती विधेयक
फेरि एकपटक कुलिङ पिरियडकाे चर्चा शुरू भएको छ । निजामती सेवाबाट सेवानिवृत्त भएपछि अन्य राजनीतिक वा संवैधानिक नियुक्ति पाउन निश्चित समय पर्खर्नुपर्ने प्रावधानसहित विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ ।
बिहीबार प्रतिनिधिसभामा दर्ता भएको ‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा २ वर्षको ‘कुलिङ पिरियड’ राखिएको हो ।
विधेयकको दफा ८१ को उपदफा ४ मा भनिएको छ, ‘संघीय निजामती सेवा वा अन्य सरकारी सेवाको राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीको पदबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले राजीनामा स्वीकृत भएको वा सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक, कुटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति पाउनेछैन ।’



