त्रिपुरेश्वरमा बसमा आगलागी, ट्राफिक प्रहरीसँग विवादपछि चालकले आगाे लगाएकाे दावी

मूलखबर संवाददाता
काठमाडौं, ५ असाेज

चालक दावाको अवस्था चि’न्ताजनक, ९० प्रतिशत भाग जलेको खुलासा ।

काठमाडौं । त्रिपुरेश्वरमा बसभित्रै बसेर आ’गो लगाएका चालकको ट्राफिक प्रहरीसँग हर्न बजाएको विषयमा विवाद भएको खुलेको छ। सोमबार बिहान करिब १० बजे त्रिपुरेश्वर चोकमा गाडीको हर्न बजाएको विषयलाई लिएर चालक र ट्राफिक प्रहरीबीच वि’वाद भएको ऋद्दीसिद्धी यातायातका सञ्चालक तथा गाडी मालिक लव केसीले बताएका छन्।

केसीका अनुसार ट्राफिक प्रहरीले कारबाही गर्न खोजेपछि चालकले प्रतिवाद गरेका थिए। विवादपछि चालकले आफूलाई ट्राफिक प्रहरीले दुःख दिएको भन्दै केसीसँग आ त्मह त्यासमेत गर्ने कुरा गरेको बताइएको छ। त्यसपछि चालकले बसभित्रै आ’गो लगाएको प्रारम्भिक जानकारी आएको छ।

बस आग’लागीमा परी घा’इते भएका चालकको अवस्था ग’म्भीर रहेको चिकित्सकहरूले बताएका छन्। कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको श’रीरको ९० प्रतिशत भाग जलेको छ। ‘उहाँको स्वास्थ्य अवस्था गम्भीर छ‘ उनले भने।

बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा हुन्। चालक आफैँले बसमा आ’गो लगाएको प्रहरीको प्रारम्भिक अ’नुसन्धान निष्कर्ष छ। घ’टनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।