१ वर्षदेखि राजदूतविहिन, कहिले पाउलान् २१ देशले राजदूत ?

मूलखबर संवाददाता
काठमाडौं, २ असाेज

रसुवाको भाेटेकाेशी बाढीले खरबाैंकाे नाेक्सानी गरेको छ भने हजारौं नागरिक विस्थापित भएका छन् । देशले अन्तर्राष्ट्रियस्तरमा गर्नुपर्ने कुटनैतिक जिम्मेवारी निभाउनुपर्ने राजदूत पद भने १ वर्षदेखि खालि अवस्थामा छ ।

छिमेकी भारत र चीनसहित विभिन्न देशमा नेपालका ३१ राजदूतावास (संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगसमेत) र ८ महावाणिज्य दूतावास छन् । गत आर्थिक वर्षसम्म ३४ राजदूतावास र १० महावाणिज्य दूतावास रहेकामा तीन राजदूतावास र दुई महावाणिज्य दूतावास बन्द हुने प्रक्रियामा छन् । बन्द हुने प्रक्रियामा रहेका दक्षिण अफ्रिका, डेनमार्क र ब्राजिलमा रहेका नेपाली राजदूतावास तथा चीनको छेन्दु र अमेरिकाको सान्फ्रान्सिस्कोका महावाणिज्य दूतावास अलग गर्दा बाँकी नियोगमध्ये २१ राजदूतावासमा राजदूत पद रिक्त छन् ।

सरकारले गत वर्ष असोजदेखि खाली बेलायत, अमेरिका, चीन, रुस, कतार, साउदी अरेबिया, इजरायल, स्पेन, जर्मनी, मलेसिया, जापान तथा गत वर्ष चैतदेखि खाली भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरियाका साथै कार्यकाल सकेर स्वदेश फिर्तापछि रिक्त ओमानमा राजदूत नियुक्ति सिफारिस गर्दै छ । यसबाहेक साउनमै कार्यकाल सकिएर फर्किन प्रतीक्षारत बंगलादेश, बहराइन, म्यानमार, अस्ट्रिया र इजिप्टमा पनि नयाँ राजदूत नियुक्तिको सिफारिस गर्ने सरकारको तयारी छ ।

राष्ट्रसंघीय स्थायी नियोगसहित १० राजदूतावासमा परराष्ट्रका सहसचिव राजदूत छन् । जेन–जी आन्दोलनपछिको सरकारले फिर्ता गरेका ठाउँमा कार्यवाहकले दूतावास चलाइरहेका छन् ।

छिमेकी भारत र चीन, अमेरिका, बेलायत, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, जर्मनी, इजरायल, जापान, कोरिया, कुवेत, मलेसिया, म्यानमार, ओमान, पाकिस्तान, पोर्चुगल, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, थाइल्यान्ड, युएई, बेलायत, स्पेनमा नेपाली राजदूतावास छन् । अमेरिकाको न्युयोर्क, स्विट्जरल्यान्डको जेनेभा र अस्ट्रेलियाको भियनामा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग छन् । भारतको कोलकाता, चीनको ल्हासा, हङकङ र ग्वाङझाओ, अमेरिकाको न्युयोर्क र डालास, युएईको दुबई र साउदी अरेबियाको जेद्दामा नेपाली महावाणिज्य दूतावास छन् ।

साउनमै कार्यकाल सकिएका, तर अर्को निर्णय नभएसम्म ५ जना राजदूत रोकिएका छन् । घनश्याम भण्डारी (बंगलादेश), तीर्थराज वाग्ले (बहराइन), हरिश्चन्द्र घिमिरे (म्यानमार), भरत रेग्मी (अस्ट्रिया/संयुक्त राष्ट्रसंघीय स्थायी नियोग), सुशील लम्साल (इजिप्ट) कार्यकाल सकेर सरकारको निर्णय कुरेर बसेका छन् । ब्राजिलमा रहेका राजदूत निर्मलराज काफ्लेलाई राजदूतावास बन्द गर्ने प्रक्रिया अघि बढाउन भनेको छ र उनी पनि सरकारी निर्णयका कारण रोकिएका छन् । सरकारले अर्को निर्णय नभएसम्म स्वदेश नफर्किन उनीहरूलाई निर्देशन पठाएको छ । तर, यीमध्ये ओमानका लागि राजदूत डोरनाथ अर्याल कार्यकाल सकेर फर्किसकेका छन् । अहिले रोकिएका परराष्ट्रका राजदूत कार्यरत बंगलादेश, बहराइन, अस्ट्रिया र ओमानका लागि सरकारले परराष्ट्रबाहिरबाट खुला आवेदन मागेको छ ।