भाेटेकाेशी बाढीकाे २१ दिनपछि चिलिमेकाे सुरूङमा ५ जनाकाे शव फेला

मूलखबर संवाददाता
काठमाडौं, ३१ भदौ

भाेटेकाेशी बाढीकाे २१ दिनपछि रसुवास्थित चिलिमे जलविद्युत् आयाेजनाकाे सुरूङमा ५ जनाकाे शव फेला परेको छ ।

नेपाली सेनाले आज चिलिमे जलविद्युत् आयोजनाको पावर हाउस नजिक ट्रलीले ब्रेकथ्रु गरेपछि पाँच जनाको शव फेला परेको हाे ।

नेपाली सेनाका अनुसार बाढीपहिरोपछि सुरुङभित्र बेपत्ता भएकाहरूको खोजीका क्रममा उद्धार टोलीले पाँच जनाको शव भेटाएको हो । फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको सेनाले जनाएको छ ।

१० भदौमा आएको भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यसलगत्तै सुरक्षाकर्मीले खोज, उद्धार जारी राखेका छन् ।