नेकपा केन्द्रीय कार्य संयोजन समितिको बैठकले पारित गर्याे २४ बुँदे विशेष प्रस्ताव

मूलखबर संवाददाता
काठमाडौं, २१ भदाै

नेकपा केन्द्रीय कार्य संयोजन समितिको बैठकले २४ बुँदे विशेष प्रस्ताव पारित गरेकाे छ । रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको प्रलयकारी बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीहरूका सम्बन्धमा गम्भीर छलफल गरी २४ बुँदे विशेष प्ररस्ताव पारित गरेकाे पार्टीकाे सचिवालयले जारी गरेकाे नाेटमा उल्लेख गरिएकाे छ ।

नाेटमा भनिएकाे छ –

आज २०८३ भाद्र २१ गते हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठक पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कार्यालयमा बस्यो ।

बैठकमा रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको प्रलयकारी बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीहरूका सम्बन्धमा गम्भीर छलफल भयो।

उक्त बैठकले प्रलयकारी बाढीको प्रभाव र यसको दिगो समाधानका लागि खोज-उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनर्स्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालन, व्यावसायिक राहत, सुरक्षित आवास योजना, जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद् कोष, पूर्वसूचना प्रणाली, द्रुत प्रतिकार्य टोली, अन्तर्राष्ट्रिय जलवायु न्याय र राष्ट्रिय एकतासहितका महत्वपूर्ण २४ बुँदे बिशेष प्रस्ताव पारित गरेको छ ।