पृथ्वी राजमार्ग र काठमाण्डौ–नारायणगढ खण्डमा आवागमन पूर्ण रूपमा राेक
रसुवाकाे भोटेकोशीमा बुधबार गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाण्डौ–नारायणगढ सडकमा गाडी चलाउन रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी गाडीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो ।
यस्तै जिल्ला प्रशासन कार्यालय चितवनले पनि सूचना निकालेर सडकको अवरोध हटाउन समय लाग्ने भएकाले काठमाण्डौ–नारायणगढ सडक बन्द रहने जनाएको छ । रसुवाको भोटेकोशी आएको बाढीका कारण धादिङको गल्छी बैरेनी लगायत ठाउँको सडकमा क्षति पुगेको छ ।



