बागमती प्रदेशमा ७ सदस्यीय मन्त्रीपरिषद् गठन, सरल सहयात्रीकाे नेतृत्वमा नेकपा, बने अर्थमन्त्री
बागमती प्रदेशमा ७ सदस्यीय मन्त्रीपरिषद् गठन गरिएको छ । नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै मन्त्रीपरिषद्मा ६ जना मन्त्री थपेका हुन् ।
मुख्यमन्त्री थापामगरले एमालेका भरत केसीलाई भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका छन् भने ज्ञानबहादुर तामाङलाई बिनाविभागीय मन्त्री बनाएका छन् ।
यस्तै नेकपाका तर्फबाट सरल सहयात्री पौडेलले सरकारकाे नेतृत्व गरेका छन्र उनलाई आर्थिक मामिला तथा योजनामन्त्री, राप्रपाका राजु विष्टलाई खानेपानी, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकासमन्त्री र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री थापा मगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले पनि आजै प्रदेश प्रमुखबाट शपथ लिएका छन् ।
लामो समयदेखिको राजनीतिक रस्साकसीपछि थापा मगर बिहीबार नै बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



