सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगरमज भट्टले पाए विश्वासकाे मत

मूलखबर संवाददाता
धनगढी, ३ भदौ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।

बैठकमा सहभागी ४६ जना प्रदेश सभा सदस्य भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको हो ।

नेकपाका केन्द्रीय नेता समेत रहेका भट्ट डडेलधुराबाट सुदुरपश्चिम प्रदेशकाे प्रदेश सभामा निर्वाचित भएका निए ।

नेकपा संसदिय दलका नेता रहेका उनी पछिल्लोपटक नेपाली कांग्रेस र एमालेबीच प्रदेश सभाहरूमा विवाद भई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका बीच भएको सहमतिअनुसार प्रदेशकाे पाँचौ मुख्यमन्त्रीकाे रूपमा नियुक्त भएका थिए ।