सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको पहिलाेपटक रुलिङ

मूलखबर संवाददाता
काठमाडौं, १ भदाै २०८३

काठमाडौं, १ भदौ । सांसदले प्रतिनिधिसभामा उठाएका प्रश्नको जवाफ दिनका लागि सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठको सुरुमा नै नियमावलीको व्यवस्थाअनुसार बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन सभामुखले प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन् ।

‘माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ,’ सभामुख अर्यालले भने, ‘यसै सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।