काभ्रेको खानिखाेला १ स्याउरिथलीमा जिप दुर्घटना, २ काे मृत्यु, ४ घाइते
काभ्रे जिल्लाकाे डाँडापारी भनेर चिनिने खानीखाेला थापा १ स्याउरिथलीमा आज बाेलेराे जिप दुर्घटना हुँदा २ जनाकाे ज्यान गएकाे छ । खानिखाेला गापा ४ जगथलिबाट बनेपा जाँदै गरेको बाेलेराे जिप ब्रेक फेल भई भिरमा पल्टिँदा ४ जना गम्भीर घाइते भएका छन् ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले दिएकाे जानकारी अनुसार मृत्यु हुने र घाइते हुनेकाे विवरण निम्नानुसार छ ।
मृत्यु :
१)कलक बहादुर माझी खानीखोला-४
२)अनिता मोक्तान खानीखोला-२
घाइते
1)बहुतमान रुम्बा खानीखोला-५
2) प्रदीप जर्घा मगर खानीखोला -३
3)धनपती रावल सिन्धुपाल्चोक
4)राहुल तामाङ बनेपा साङगा



