जनआस्था साप्ताहिका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ गिरफ्तार
जनआस्था साप्ताहिका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरस्थित उनको निवासबाट प्रहरीले बुधबार साझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
हाल उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको छ । भोलि (बिहीबार) अदालतमा उपस्थित गराउने तयारी छ ।



