पाल्पा सत्यवतीमा जीप दुर्घटनामा १० घाइते

मूलखबर संवाददाता
पाल्पा, २५ साउन

पाल्पाको तिनाउ गाउँपालिका–४, चिउरीडाँडा सत्यवतीमा भएको जीप दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।

माथागढी गाउँपालिका–५, धामिगाबाट सत्यवती हुँदै बुटवल जाने क्रममा लु १ ज २२३७ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बाँकी नौ जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले बताए ।

घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देहीमा पठाएको प्रहरीले जनाएको छ । -माधव अर्याल (पाल्पा)