अन्तर्राष्ट्रीय आदिवासी दिवसका अवसरमा प्रचण्डको शुभकामना
नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनताको अन्तर्राष्ट्रीय दिवसका अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।
उनलेे एक शुभकामना बक्तव्य जारी गर्दै दिवसले अधिकार, समानता र न्यायको संघर्षलाई अझ अघि बढाउने प्रेरणा प्रदान गराेस् भन्ने शुभकामना दिएका छन् ।
वक्तव्यमा भनिएकाे छ-
विश्व आदिवासी जनताको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण आदिवासी जनजाति समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु। पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक र सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउनु आजको आवश्यकता हो।
विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन सक्दैन। सबै जाति, भाषा, संस्कृति, क्षेत्र र समुदायको न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताबाट मात्र समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिन्छ। विश्व आदिवासी दिवसले अधिकार, समानता र न्यायको संघर्षलाई अझ अघि बढाउने प्रेरणा प्रदान गरोस्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पार्टी



