लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

मूलखबर संवाददाता
काठमाडौं, २१ साउन

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौँ)लाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले राससलाई जानकारी दिइन्।

उक्याव यश अघि संयुक्त राष्ट्र संघ अन्तरगतकाे निकायमा फिजिमा कार्यरत रहेकाे उनको प्राेफाइल देखिन्छ । उनी अर्थशास्त्रकी विद्यार्थी भएको र ताप्लेजुङकि नागरिक रहेकी छिन् ।