लमजुङको सुन्दरबजार–१ कुन्छामा घर फोडेर चोरी

मूलखबर संवाददाता
लमजुङ, १६ साउन

लमजुङको सुन्दरबजार नगरपालिका–१, कुन्छा ढाडेगाउँ सिम्पानीस्थित एक घरमा चोरी भएकाे छ।

स्थानीय डिल्लीराम मिश्रका अनुसार साउन १५ गते राति तल्लो घरमा कोही पनि नबसेको मौका पारेर अज्ञात व्यक्तिले घरको ढोकाको कब्जा फोरेर प्रवेश गरेका थिए। घरभित्र रहेका सरसामान खोतलेर नगद तथा अन्य जिन्सी सामान चोरी गर्नुका साथै सुटकेस र दराजसमेत फोरेर सामान लगिएको बताइएको छ।

घटनाबारे बिहान उज्यालो भएपछि मात्रै थाहा भएको पीडितले जानकारी दिएका छन्।