पुर्व प्रधानमन्त्री देउवाकाे हङकङमा हात भाँचियाे
नेपाली कांग्रेसका पूर्वसभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन् । हङकङमा केही दिनअघि बाथरुममा लडेर घाइते भएका जनाइएको छ ।
पूर्वप्रधानमन्त्री देउवानिकट स्रोतले घटनाको पुष्टि गरेको छ । स्रोतका अनुसार देउवा उपचारपछि त्यहाँकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।



