इग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकपकाे फाइनलमा प्रवेश, विश्वभर मेस्सीकाे प्रशंसा
लियोनेल मेसी नेतृत्वको अर्जेन्टिना फिफा विश्वकपकाे फाइनलमा प्रवेश गरेको छ । विश्वकप विजेता इङ्ग्ल्याण्डलाई २-१ ले हराउँदै उत्कृष्ट पुनरागमन गर्दै विश्वकप फुटबलको फाइनलमा पुगेको हाे । अर्जेन्टिनाले एट्लान्टामा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गरेको हो ।
जितसँगै विश्वभरका दर्शकले मेस्सीकाे प्रशंसा गरेका छन् ।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । चार वर्षअघि कतारमा विश्वकप उपाधि जितेको अर्जेन्टिनाले अब आइतबार हुने फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले अघिल्लो दिन भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले पराजित गरेको थियो ।
इंग्ल्यान्ड २०१८ मा पनि सेमिफाइनलमै रोकिएको थियो । इंग्ल्यान्डले १९६६ यता विश्वकप जित्न सकेको छैन । इंग्ल्यान्डले फ्रान्ससँग शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।



