वर्षाकाे कहर : विपि राजमार्ग ठप्प

मूलखबर संवाददाता
काठमाडौं

रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बिपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा होल्ड गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गरी सवारी आवागमन पुनः सञ्चालन गरिएको जानकारी गराइनेछ।

प्रहरीले यात्रु तथा सवारीचालकलाई अनावश्यक यात्रा नगर्न, सतर्क रहन तथा अद्यावधिक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।