स्विजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपकाे सेमिफाइनलमा

मूलखबर संवाददाता
काठमाडौं, २८ असार

अन्ततः स्विजरल्याण्डलाई हराउँदै विगतकाे विश्वविजेता अर्जेन्टिना फिफा विश्वकपकाे सेमिफाइनलमा पुगेको छ ।

जुलियन अल्भारेजले गरेको उत्कृष्ट गोलको मदतले अर्जेन्टिनाले आइतबार स्विटजरल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको हाे । यस नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन् भने अर्कोमा अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ । कानसास सिटी स्टेडियममा भएको अन्तिम आठको खेल पेनाल्टी सुटआउटतर्फ अग्रसर भएको बेला अल्भारेजले १ सय १२ औं मिनेटमा गोल गरे र टिम २–१ ले अगाडि रह्यो ।

एटलेटिको म्याड्रिडका अल्भारेजको शक्तिशाली प्रहारले स्विस पोस्टको माथिल्लो भागको सटिक दिशा तय गरेको थियो । अतिरिक्त समयको अन्त्यतिर इज्युरी समयमा लउटारो मार्टिनेजले तेस्रो गोल थपे र अर्जेन्टिनाको जित निश्चित गरे ।