किर्तिपुरकाे हाेल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुम्बासीकाे फेरि विचल्ली

मूलखबर संवाददाता
काठमाडौं, २७ असार

नदी किनारमा आस्रय लिइरहेका सुकुम्बासीलाई सरकारदे बलात हटाई लगेर राखेकाे किर्तिपुर हाेल्डिङ सेन्टरमा पनि बाढी पसेपछि सुकुम्बासीकाे विचल्ली भएको छ ।

अविरल वर्षापछि कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ बस्दै आएका सुकुमवासी विचल्लीमा परेका हन् ।

बाढीको पानी होल्डिङ सेन्टरमा पसेपछि उनीहरू ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकमा निस्किएका छन् । घटनास्थलमा सुरक्षाकर्मी डुङ्गासहित पुगेर उद्धार कार्य गरिरहेका छन् ।

एक–डेढ घण्टादेखि पानी पसेर होल्डिङ सेन्टर डुबेको छ । घुँडाभन्दा माथिसम्म पानी भइसकेको छ। हामी त सुतिरहेका थियौं, सबै जलमग्न भएपछि मात्रै थाहा पायौं। बाढी आउँदैछ भनेर पनि कसैले पहिले नै सचेत गराएर बाहिर निस्किन भनेन । अहिले सुरक्षाकर्मीहरू डुङ्गासहित आएका छन्। हामी अहिले कीर्तिपुरको मुख्य सडकमा निस्किएका छौं’ राजन माझीले भने ।