माेरक्काेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश

मूलखबर संवाददाता
काठमाडौं, २६ असार

मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।