ईजिप्टलाई ३-२ ले हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश
लिओनल मेस्सी नेतृत्वको अर्जेन्टिना फिफा विश्वकप २०२६ काे क्वाटरफाइनलमा पुगेको छ ।
आज सम्पन्न प्रतिस्पर्धामा ईजिप्टलाई ३-२ काे गाेल अन्तरले पराजित गर्दै अर्जेन्टिना अन्तिम ८ मा पुगेको हाे ।
अर्जेन्टिनाकाे जितमा कप्तान मेस्सीले १ गाेल गरेका थिए भने अन्य २ गाेल फर्नानडेज र राेमेराेले गरेका थिए ।
पहिलो हाफमा गाेर रहित भएकाे अर्जेन्टिनाले दाेस्राे हाफकाे अन्तिम ३० मिनेटमा अर्जेन्टिनाले अग्रता लिएकाे थियाे । पहिलो हाफमा इजिप्टले एक गाेल गरेकाे थियाे भने दाेस्राे हाफकाे अघिल्लो समयमा पनि इजिप्टले गाेल गरेकाे थियाे ।
पहिलो हाफमा पाएकाे पेनाल्टीमा मेस्सीकाे प्रहारलाई ईजिप्टका गाेलरक्षकले बचाउ गरेका थिए ।




